पूर्व मुमा बडामहारानी रत्नको नर्भिकमा उपचार हुँदै

पूर्व मुमा बडामहारानी रत्नको नर्भिकमा उपचार हुँदै

ratna

काठमाडौँ । पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह अस्वस्थ भएकी छन् ।

स्वास्थ्यमा समस्या देखिएपछि रत्नलाई आइतबार राति राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उनको घाँटीमा कफ जम्नेलगायतका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणि पाठकले  बताए ।

९६ वर्षीया पूर्व मुमा बडामहारानीको छातीमा समेत सङ्क्रमण देखिए पनि अवस्था सामान्य रहेको जनाइएको छ । उनलाई केही दिन अस्पतालमै राखेर उपचार हुने बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ