शौच गर्न जाँदा मुग्लिनबाट बेपत्ता भएकी छात्रा नारायणीमा मृत भेटिइन्

शौच गर्न जाँदा मुग्लिनबाट बेपत्ता भएकी छात्रा नारायणीमा मृत भेटिइन्

bipana-chaudhary

चितवनको मुग्लिनबाट बेपत्ता भएकी एक युवती मृत अवस्थामा भेटिएकी छन् ।

गत सोमबार तनहुँको बन्दीपुरमा वनभोज खाएर फर्किने क्रममा शौच गर्न जाँदा उनी बेपत्ता भएकी थिइन् ।

क्याम्पसबाट कक्षा ११ र १२ का विद्यार्थी पिकनिक खान कात्तिक १२ गते तनहुँको बन्दीपुर आएर फर्कँदै थिए ।

नवलपुरको मध्यविन्दु नगरपालिका वडा नं २ कोल्हुवास्थित कुमारवर्ती माध्यमिक विद्यालयकी कक्षा १२ मा अध्ययनरत १९ वर्षीया विपना चौधरी तीन दिनपछि नारायणी नदी किनारमा मृत अवस्थामा भेटिएकी हुन् ।

बिहीबार साँझ ६ बजेतिर नारायणी नदीको किनार मध्यविन्दु नगरपालिका वडा नं १५ को कोलकट्टा क्षेत्रको किनारमा माछा मार्ने बोटेले शव देखेर प्रहरीलाई खबर गरेका थिए ।

शव सोही दिन राति नै मध्यविन्दु जिल्ला अस्पताल डन्डामा पुर्याई पोष्टमार्टम गरिएको थियो ।

उक्त शव बिपनाकै भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डीएसपी जेसी शाहले जानकारी दिए ।

घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ