विराटनगरमा जारी नरेश श्रेष्ठ मेमोरियल पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् । प्रतियोगिता अन्तर्गत आज भएको खेलमा विजयी हुँदै ८ अंकका साथ सुदूरपश्चिम प्रदेश फाइनलमा प्रवेश गरेको हो ।
सुदूरले अब उपाधिका लागि बुधवार लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ । सुदूरले अब लिगको अन्तिम खेल कोशी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ ।
विराटनगरको मेर्लिबोनज्वाला क्रिकेट मैदानमा आइतबार भएको खेलमा सुदूरले बागमती प्रदेशलाई ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको बागमतीले निर्धारित ५० निर्धारित ५० ओभरको खेलमा ४१ ओभर ओभरमा सबै विकेट गुमाई १ सय १९ रन बनायो ।
बागमतीका रोशन विश्वकर्मालेअविजित ५६ रन बनाउँदा उत्तम मगरले २५ रनको योगदान दिए । सुदूरका यूवराजखत्रीले सर्वाधिक ५ विकेट लिए ।
उनले १० ओभरमा १ मेडन राख्दै ५१ रन दिए । उनी खेलको प्लेयर अफ द म्याच समेत भए । १ सय ३० रनकोविजयी लक्ष्य पाएको सुदूरले २८ दशमलव ५ बलमा ५ विकेट गुमाउँदै पार गरेको थियो ।
सुदूरका प्रकाश पाण्डे अविजित ५२ रन बनाउँदा नरेश भट्टले ३८ रनको योगदान दिए। बागमतीका दीपक सेरलाले सर्वाधिक २ विकेट लिए । सुदूरले खेलेको ५ खेलमा ४ माजित निकाल्दै ८ अङ्कका साथ दास्रो स्थानमा रहेर फाइनलको यात्रा तय गरेको छ भने वागमतीलेखेलेको ५ खेलमा २ मा जित र ३ मा पराजित हुँदै ४ अङ्कका साथमा चौथो स्थानमा रहेको छ ।
गण्डकीद्वारा कर्णाली प्रदेशलाई २ विकेटले पराजित
आजै बैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा भएको खेलमा गण्डकीले कर्णाली प्रदेशलाई २ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको कर्णालीले निर्धारित ५० ओभरको खेलमा ३८ दशमलव १ बलमा सबै विकेट गुमाई १सय १ रनको योगफल बनायो । कर्णालीका अरविन्द्य खत्रीले सर्वाधिक ४६ रन बनाए ।
गण्डकी प्लेयर द म्याच अपराजित पौडेलले सर्वाधिक ५ विकेट लिए । उनले १० ओभरमा ३ मेडन राख्दै १९ रन दिए । १ सय २ रनको लक्ष्य पाएको गण्डकीले २६ दशमलव १ बलमा ८ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको छ । गण्डकीका रोहितअन्दले २२ रन बनाउँदा सिब्रिन श्रेष्ठले १९ रनको योगदान दिए । कर्णालीका युनिषठकुरीले ४ विकेट लिँदा अनुज चनराले २ विकेट लिए ।
गण्डकीले सबै ६ खेल खैल्दा ३ माजित हात पार्दै तेस्रो स्थानमा रहेर प्रतियोतिाबाट बाहिरिएको छ भने कर्णालीलेखेलेको ५ खेलमै पराजित भई लिगको पुछारमा रहेको छ । सोमबारको खेलबैजानाथपुरको गिरिजाप्रसाद कोइराला खेल मैदानमा कर्णाली र मधेस प्रदेश तथामेर्लिबोन ज्वाला क्रिकेट मैदानमा कोशी र सुदूर प्रदेशबिच खेल हुनेछ ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते