बझाङमा तिहारका बेला अरिंगालले चिलेर दिदीभाइको मृत्यु भएको छ।
मृत्यु हुनेमा थलारा गाउँपालिका –२ डोरगाउँका ३ वर्षीय सुरबिर खाती र ५ वर्षीया सिया खाती छन्। उनीहरू दिदी-भाइ हुन्।
बझाङ प्रहरीका अनुसार अरिंगालले चिलेर ७ वर्षीया सुमी खाती, उनीहरूका आमा डम्मरा खाती र ५८ वर्षीया हजुरआमा घाइते भएकी छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ।
शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा भेटिएको अरिंगालले उनीहरूलाई चिलेको थियो।
उपचारको क्रममा बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख डिएसपी युवराज भण्डारीले जानकारी दिए।
सम्बन्धित खबर
पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण
रवि र छवि विरुद्ध चितवनमा पनि किटानी जाहेरी
सहकारी पीडितहरूको प्रदर्शनका क्रममा माइतीघरमा झडप
भ्रम फैलाउने ९ युट्युब च्यानल कारबाहीमा
देउसी भैलोबाट उठेको रकम ढाडका बिरामी परियारलाई सहयोग
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते