पर्वत । फलेवास नगरपालिका–१ कार्किनेटामा सञ्चालित नागढुङ्गा बचत तथा ऋण सहकारी संस्थाको झण्डै पाँच करोड हिनामिना भएको छ ।
ग्रामीण क्षेत्रका नागरिकले सहकारीमा बचत गरेको चार करोड ८० लाख हिनामिना भएको हो । रकम हिनामिना भएका बचतकर्ताको उजुरीपछि सहकारीका कोषाध्यक्ष दीर्घनारायण शर्मा पक्राउ परेका छन् ।
तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी भएकामा सहकारीका अध्यक्ष गिरीनारायण श्रेष्ठ र व्यवस्थापक अनिलबहादुर केसी फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिनुभयो ।
सहकारी रजिस्टारको कार्यालय गण्डकी प्रदेशले गरेको छानबिन अनुसार १९ जना प्रतिवादी छन् । उक्त सहकारीमा ६५० हाराहारीमा बचतकर्ता रहेको प्रहरीले जनाएको छ । सहकारी रजिस्ट्रारको कार्यालयले वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम एक वर्षभित्र मिलाउन समय दिएको थियो ।
सञ्चालक समिति र व्यवस्थापक मिलेर अपचलन भएको रकम फिर्ता पाउन नसक्दा बचतकर्ता अहिले धेरै समस्यामा परेका छन् । कृत्रिम खातामार्फत कारोबार गर्ने, बचत र शेयर रकमको सफ्टवेटरमा हिसाबै नदेखाउने र व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना गरी फरार हुन थालेपछि प्रहरीले तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।
गाउँलेले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएर राखेको पैसा व्यवस्थापक तथा सञ्चालकले हिनामिना गरेका हुन् । व्यवस्थापक केसी दुई महिना अगाडि नै फरार भएका थिए भने अध्यक्ष गिरीनारायण श्रेष्ठ केही दिन अघिदेखि फरार भएका हुन् ।
प्रहरी नायब उपरीक्षक विष्टले अन्य सञ्चालकविरुद्ध पनि पक्राउ पूर्जी जारी गर्ने तयारी भएको बताउनुभयो । विसं २०६९ माघ ३ गते डिभिजन सहकारी कार्यालय बागलुङमा दर्ता भई सञ्चालमा आएको सहकारी डुबेपछि करिब ६५० बचतकर्ता समस्यामा परेका छन् । सहकारी संस्थामा आर्थिक हिनामिना भएको सुनेका गाउँलेले चिनेजानेकै गाउँकै मान्छेले खोलेको सहकारी डुब्ला भन्ने अनुमानसमेत नगरेको स्थानीय बचतकर्ता विष्णुकुमारी क्षेत्रीले बताए ।
यो सहकारीले पर्वतको कार्किनेटा, थापाठाना, शङ्करपोखरी खौला र ठूलीपोखरीलाई कार्यक्षेत्र बनाएको थियो । कार्कीनेटाकै तारा कार्कीले सानो चिया पसल चलाएर आठ लाख जमा गरेकामा अहिले दिनको भोक र रातको निन्द्रा हराएको बताए ।
फलेवास–१ का वडाध्यक्ष चोलाकान्त पाध्याले संस्थामा पैसा डुब्यो भनेर आएपछि सञ्चालकलाई राखेर सहजीकरण गर्ने प्रयास गरेको जनाउँदै बचतकर्ताको रकम जसरी पनि फिर्ता हुनुपर्ने बताए ।
सम्बन्धित खबर
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
पर्वतका सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
पर्वतमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, ७ घाइते
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरी एक्साभेटरले खाल्डोमा गाड्ने श्रीमान् पक्राउ
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर