स्याङ्जाको भीरकोट नगरपालिकाले सुत्केरी भैंसी पोषण भत्ता कार्यक्रम शुरु गरेको छ ।
पशुपालन व्यवसायलाई प्रोत्साहन गर्न, पशुको स्वास्थ्य सुधार र गाउँमै स्वस्थ दुध उत्पादनलाई प्रोत्साहन गर्न यो कार्यक्रम ल्याइएको नगरपालिका पशु सेवा शाखाले जनाएको छ ।
भीरकोट नगरपालिकाका नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले उक्त कार्यक्रम अनुसार प्रत्येक सुत्केरी भैंसीका लागि कृषकलाई तीन हजार रुपियाँ पोषण भत्ता प्रदान गरिने बताउँदै यस कार्यक्रमले स्वस्थ दुधको आपूर्ति बढाउने, ग्रामीण क्षेत्रमा स्वच्छ र पौष्टिक दुध उपभोक्तालाई प्रात्साहित गर्ने र निरोगी समाज निर्माण गर्ने लक्ष्य राखेको जानकारी दिए ।
भत्ता प्राप्त गर्न कृषकले निवेदन, वडाको सिफारिस, टोल मुचुल्का, नागरिकताको फोटोकपी, सुत्केरी भैंसी पाडीको फोटो र बैंक खाताको चेकको प्रतिलिपी बुझाउनुपर्ने भीरकोट नगरपालिका पशु शाखाले जनाएको छ । पशु प्राविधिक थान प्रसाद तिवारीले भने सामाजिक सुरक्षा भत्ता प्राप्त हुने बैंक खाताले नहुने प्रष्ट पारे ।
नगरपालिकाले यसका अनुगमनका लागि निरीक्षणको प्रावधान राखेको र भत्ता दिइनु अघि भैंसीको वास्तविकता र अवस्था मूल्याङ्कन गरिने नगरपालिकाले जनाएको छ ।
नगरपालिकाको पशु शाखाका अनुसार भैंसी पोषण भत्ता कार्यक्रमको लागि करिब पाँच सय आवेदन परेका छन् ।
यस कार्यक्रमका लागि आर्थिक वर्ष ८१/८२ मा १० लाख रुपियाँको बजेट विनियोजन गरिएको छ ।
सम्बन्धित खबर
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो