गोरुले हान्दा एक जनाको मृत्यु

गोरुले हान्दा एक जनाको मृत्यु

mrita fela

झापा । झापामा गोरुले हान्दा एक जनाको मृत्यु भएको छ ।

आफ्नै घरमा पालेको गोरुले हान्दा गौरादह नगरपालिका– ७ जामबारीका ४८ वर्षीय कृष्ण शर्माको मृत्यु भएको हो । साथै गोरुले हानेर अर्का एक जना घाइते भएका छन् ।

बुधबार साँझ बारीमा बाँधेको आफ्नै गोरु सार्ने क्रममा उक्त गोरुले हानेर शर्मा घाइते भएका थिए । उनलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लगिएको थियो । ढाडको ७ वटा करङ भाँचिएका शर्मालाई थप उपचारका लागि नोबेल अस्पताल बिराटनगर रेफर गरिएको थियो । उनको उपचारकै क्रममा बिहीबार अपराह्न मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोही गोरुलाई समाउने क्रममा छिमेकी अन्दाजी ४५ वर्षीय रविन राजवंशी गम्भीर घाइते भएका छन् । टाउकोमा चोट लगेका राजवंशीको नोबेल अस्पताल विराटनगर उपचार भइरहेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ