पोखरा महानगरका करार कर्मचारी बिदा गर्ने निर्णय गरिएको छ । पहिलो चरणमा २८ जना प्राविधिक कर्मचारीहरूलाई बिदा गर्ने निर्णय कार्यपालिका बैठकले गरेको हो ।
बिहीबार बिहान बसेको आकस्मिक कार्यपालिका बैठकले उनीहरूलाई चालू आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म तलब र चाडपर्व खर्च दिएर बिदा गर्ने निर्णय भएको बताइन्छ । बिदा हुने कर्मचारीमा १० जना इन्जिनियर र १८ जना सब इन्जिनियर छन् ।
बैठकले ५ जना शिक्षिका र २ जना सामाजिक परिचालिकालाई पनि बिदा गर्ने निर्णय गरेको छ ।
यस्तै, अन्य करारका कर्मचारीलाई पनि पुस मसान्तसम्म म्याद थप्ने निर्णय कार्यपालिकाले गरेको छ । जनप्रतिनिधि र कर्मचारीले नेतृत्व गरेका समयमा पनि आफु निकट कर्मचारीहरू प्राविधिक पदमा भर्ना गरेर अन्य काममा लगाइएको छ । हालका मेयर आचार्यले पनि हालसम्म १९ जना करारका कर्मचारी भर्ती गरेका छन् ।
बिदा हुने कर्मचारीहरूको सूची:
१. ध्रुव भट्टराई
२. भुवनेश्वर तिमिल्सिना
३. रामजी प्रसाद त्रिपाठी
४. रवीन्द्र गोदार
५. आशिष मल्ल
६. विकास सुवेदी
७. विमल आचार्य
८. विक्रम भट्टराई
९. राजकुमारी थापा
१०. सुदीप दवाडी
११. अनिलप्रसाद आचार्य
१२. प्रकाश वाग्ले
१३. फातुमा खातुन
१४. शारदा गिरी
१५. विक्रम तिमिल्सिना
१६. दर्पण पोखरेल
१७. अमृत कोइराला
१८. सुन्दर पौडेल
१९. गोविन्द आचार्य
२०. संकल्प ढुंगाना
२१. सन्तोष जिसी
२२. प्रशान्त बराल
२३. सरोज आचार्य
२४. मोहन सिग्देल
२५. सतिश पौडेल
२६. विनोद बास्तोला
२७. रविन्द्रनाथ ओझा
२८. इश्वर तिमिल्सिना
शिक्षिकाहरू
१. लक्ष्मी अधिकारी
२. सरस्वती पौडेल
३. पार्वती केसी
४. होममाया भुजेल
५. रेनुका गुरुङ
सामाजिक परिचालिका
१. सविता विश्वकर्मा
सम्बन्धित खबर
निलडाम हुने गरी विद्यार्थी कुट्ने गण्डकी एकेडेमी कास्कीका शिक्षक विपिन कार्की निष्कासित
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखराको चरकमा मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते