राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अझै बयान नसकिएको प्रहरीले जनाएको छ।
पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेसँग बयान पूरा नभएको भन्दै अझै म्याद थप्ने तयारी गरिएको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले जानकारी दिए।
‘उहाँ (रवि लामिछाने) सँग अझै बयान लिन बाँकी छ, पूरा भएको छैन,’ उनले भने, ‘सरकारी कार्यालय खुल्ने दिन म्याद थप्छौं।’
लामिछानेलाई पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको बचत रकम अवैध रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको आरोप छ।
उक्त आरोपमा प्रमाण देखाउँदै बयान लिएको अनुसन्धान अधिकारीहरूले बताएका छन्।
यद्यपी, लामिछानेले आफू सहकारी ठगी र संगठित अपराधमा संलग्न नरहेको जिकिर गर्दै आएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताए।
काठमाडौंबाट कात्तिक २ गते पक्राउ परेका लामिछानेलाई हिरासतमा राखेर अनुसन्धान गर्न पहिलो पटक जिल्ला अदालत कास्कीले ६ दिन समय दिएको थियो।
पहिलो पटक दिएको समयमा बयान पूरा नभएको भन्दै दोस्रो पटक ७ दिन समय थपिएको थियो।
दोस्रो पटक थपिएको समय सकिँदा तिहार बिदा भइसकेकाले कार्यालय खुल्ने दिन कात्तिक २० गते तेस्रो पटक म्याद थप गर्न जिल्ला अदालत उपस्थित गराउने प्रहरीको तयारी छ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला