प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध बुधबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ‘अमर्यादित नाराबाजी’ गर्नेहरूलाई नेपाल प्रहरीले खोजिरहेको छ।
सहकारी ठगी गरेको आरोपमा कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछाने र काठमाडौँ महानगरका मेयर बालेन साहको समर्थन गर्ने ती युवाहरूले रंगशालाभित्र प्रधानमन्त्री विरूद्ध अराजक तरिकाले नाराबाजी गर्दै हुलदंगा गर्न खोज्ने कतिपय युवाहरूको पहिचान भइसकेको सुरक्षा निकायकाे दाबी छ।
‘हिजो साँझ मैदानमा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्नेहरू बालेन समर्थक र रास्वपाकै कार्यकर्ता रहेछन्,’ स्रोतले भन्यो, ‘समर्थन जसकाे पनि गर्न मिल्छ तर संसारले हेरिरहँदा अमर्यादित तरिकाले राष्ट्रकै बेइज्जत हुने गरी त्यस्ता समारोहमा प्रधानमन्त्री विरुद्ध नाराबाजी गर्न हुँदैन थियो ।’
तीमध्ये धेरैको पहिचान भइसकेकाे प्रहरी जनाएकाे छ। प्रहरी स्रोतले भन्यो – ‘कतिलाई भिडियोमार्फत् पहिचान गर्दैछौँ। थप कारबाही अघि बढाउँछौँ।’
‘कतिलाई सम्झाइ–बुझाइ गर्छौ। कतिलाई अनुसन्धानका लागि बोलाउँछौँ। आवश्यक परे थुन्छौँ, उनीहरूको पृष्ठभूमि हेर्छौँ। संगठित रुपमा रंगशाला छिरेका हुन् कि लहैलहैमा नाराबाजी गरेका हुन्? उनीहरूको गतिविधि नियालिरहेका थियौँ,’ नाराबाजी गर्नेहरूको पहिचान गर्न खटिएका एक अधिकारीले भने।
प्रधानमन्त्री ओली साफ फुटबल हेर्न दशरथ रंगशाला जानसक्ने संकेत पाएलगतै बालेन समर्थक तथा रास्वपा कार्यकर्ताहरूले हुलदंगा गर्ने योजना बनाएका थिए। फेसबुक पेज तथा युवाका ग्रुपहरूमा पनि पहिल्यैदेखि यस्ता बहस भइरहेका थिए ।
तर, उनीहरूको त्यो योजना रोक्न र नाराबाजी गर्नेहरूकाे पहिचानका लागि प्रहरीले सादा पोशाकमा जवानहरू खटाएको थियो। तिनै सुरक्षाकर्मीहरूले संगठित रुपमा रंगशाला छिरेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी र हो–हल्ला गर्नेहरूको भिडियो कैद गरेका थिए। रंगशालामा प्रवेश गर्दा कडाइ पनि गरिएको थियो।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो