उपविजेता महिला फुटबल टिमलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान

उपविजेता महिला फुटबल टिमलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान

ktm

काठमाडौँ । साफ महिला च्याम्पियनसिप २०२४ मा उपविजेता बनेको नेपाली महिला टोलीलाई काठमाण्डौ महानगरपालिकाले गए राति नै नगद पुरस्कारसहित सम्मान गरेको छ ।

महानगरले टोलीका हरेक खेलाडीलाई जनही एक लाख रुपैयाँ, प्रशिक्षक, टिम ब्यवस्थापक, फिजियोलगायतलाई गरी कूल २७ लाख ५० हजार रुपैयाँ पुरस्कारबाट सम्मान गरेको हो ।

खेलाडीलाई उनीहरु बसेको होटल सोल्टीमै पुगेर महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र उपप्रमुख सुनिता डङ्गोलले नगद पुरस्कार र सम्मान पत्रबाट सम्मान गरे । सम्मान कार्यक्रममा एन्फा अध्यक्ष पंकज विकम नेम्वाङ लगायत एन्फा पदाधिकारी पनि उपस्थित थिए ।

मेयर बालेनले नेपाली टिमलाई उपविजेता भएकोमा बधाई दिँदै सारा नेपाललाई जोड्ने काम गरेको भन्दै धन्यवाद दिए । उनले हारले दुःखी हुनु भन्दा अब आउने दिन राम्रो खेल्नुपर्ने बताए ।

उपप्रमुख डंगोलले हरेक हारले जित्न सिकाउने भन्दै खेलाडीलाई अर्को पटक जित्न शुभकामना दिइन् ।

दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २–१ ले पराजित हुँदै उपविजेतामै सिमित भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds