साफ महिला च्याम्पियनसिपको फाइनल खेलमा बंगलादेशसँग हारेपछि नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले राजीनामा दिने घोषणा गरेका छन्।
साफ महिला च्याम्पियनसिपको उपाधि दिलाउन नसकेकोमा त्यस्को जिम्मेवारी लिँदै उनले प्रशिक्षकबाट राजीनामा दिने घोषणा गरेका हुन्।
बुधबार घरेलु मैदान दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालले बंगलादेशसँग २-१ गोल अन्तरको हार ब्यहोरेको थियो।
उनले अब राष्ट्रिय टोलीसँग काम नगर्ने र क्लब फुटबलमा नै जाने जानकारी दिए।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले २०८० माघ १० मा तामाङलाई नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो। त्यसअघि उनले थ्री स्टार क्लब, नेपाल एपीएफ क्लब र मनाङ मर्स्याङ्दी क्लब सम्हालेका थिए।
तामाङले साउदी अरबमा हुने वाफ महिला च्याम्पियनसिपमा पनि नेपाली टोली सम्हालेका थिए। उक्त प्रतियोगितामा पनि नेपाल फाइनलमै पराजित भएको थियो। जोर्डनले नेपाली टोलीमाथि विजय प्राप्त गरेको थियो।
साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपालको यो छैटौँ हार हो भने समग्र अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सन् २०१० यता नेपाली राष्ट्रिय महिला टोलीको १२ औँ हार हो।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो