काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जित्दा नेपाल घरेलु मैदानमा पुनः स्तब्ध बनेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलले पराजित गर्यो।
खेलको ५२ औं मिनेटमा मोनिका चक्माको गोलबाट बङ्गलादेशले अग्रता लिएको थियो । त्यसको तीन मिनेटमै नेपालकी अमिशा कार्कीले ५५ औं मिनेटमा गोल फर्काएर खेल एक–एक गोलको बराबरी पुर्याएकी थिइन् ।
तर, खेलको ८१ औं मिनेटमा बङ्गलादेशकी रितु पोर्ना चक्माले गोल गर्दै टोलीलाई जिताइन् ।
नेपाल सेमिफाइनलमा भारतलाई पेनाल्टीमा ४–२ ले हराउँदै र बङ्गलादेश भुटानलाई ७–१ गोल अन्तरले हराउँदै सातौँ संस्करणको फाइनलमा पुगेका थिए ।
यसअघि पाँच पटक फाइनलमा पुगेर पनि उपविजेतामै सीमित नेपाल फेरि उपाधि जित्ने अवसरबाट चुकेको छ । गएको संस्करणमा नेपाल बङ्गलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।
उपाधि नजिक पुगेर नेपाल उपविजेतामा सिमित हुनुपर्दा खेलाडीले आँसु रोक्न सकेनन्। दशरथ रंगशालामा खचाखच नेपाली दर्शक स्तब्ध बने।
उच्च मनोबलका साथ मैदानमा उत्रिएका नेपाली खेलाडी र खेलाडीलाई साथ दिन रंगशाला पुगेका दर्शकलाई उपाधि घरभित्रै राख्न नपाउँदा चुकचुकी लागेको छ।
खेल सकिएपछि नेपाली खेलाडीहरूले मैदानमै आँसु झारेको दृश्यले माहोल भावुक बनायो।
खेलको अन्तिम मिनेटसम्म समेत नेपाली खेलाडीको हौसला बढाउँदै हुटिङ गरिरहेका दर्शक स्तब्ध बन्दै मैदान बाहिर निस्किएका देखिन्थे भने मैदान बाहिरैबाट लाइभ हेरिरहेका लाखौं नेपालीको मन कुँडिएको रंगशालाको दृश्यले देखाउँथ्यो।
भुटानले पायो साफ च्याम्पियनसिपमा फेयर प्ले अवार्ड
भुटानले फेयर प्ले अवार्ड प्राप्त गरेको छ। बुधबार दशरथ रंगशालामा प्रतियोगिताको समापन समारोहमा भुटानलाई यो अवार्ड प्रदान गरिएको हो।
भुटान सेमिफाइनलमा बंगलादेशसँग पराजित भएको थियो। बंगलादेशले भुटानमाथि ७–१ को फराकिलो जित हात पारेको थियो। अघिल्लो संस्करणमा भुटान बंगलादेशसँग ८–० को फराकिलो अन्तरले समिफाइनलमै पराजित भएको थियो।
यसपालि भुटानले निकै सुधारिएको छवि बनाएर नेपालबाट फर्किएको छ।
समूह चरणको खेलमा भुटानले माल्दिभ्समाथि फराकिलो जित दर्ता गरेको थियो। भुटानले माल्दिभ्सलाई १३–० को फराकिलो अन्तरसहित पराजय चखाएको थियो।
बेस्ट गोलकिपरको उपाधि बंगलादेशकी रूपना चक्माले प्राप्त गरेकी छन्। यस्तै सबैभन्दा मूल्यवान् खेलाडी पनि चक्मा नै घोषित भएकी छन्।
सबैभन्दा बढी गोल गर्ने खेलाडी भुटानकी डेकी लाजोङ घोषित भएकी छन्। उनले यस प्रतियोगितामा ८ गोल गरेकी छन्।
सम्बन्धित खबर
पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा फागुन १६ देखि पुम्दीभुम्दीमा त्रिभुवन स्मृति कप हुने
पोखरामा फोहोर संकलन दौड प्रतियोगिता, सौगात र सक्षमको जोडीले जित्यो ५० हजार
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो