पोखरा । देशका केही स्थानमा आज बुधबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।
अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
बुधबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती कोशी प्रदेश लगायात बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
आजको मौसम पूर्वानुमान
देशका तीन अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क
रास्वपा नेताहरुलाई प्रधानमन्त्रीले भने– ‘तपाईंकै सांसदले हस्ताक्षर गरेको प्रतिवेदन हो’
बालुवाटारमा निषेधित क्षेत्र तोड्न खोज्ने रास्वपाका नेता–कार्यकर्ता पक्राउ
माओवादी लडाकू शिविर घोटाला प्रकरण: प्रचण्डसहित १३ जनामाथि अख्तियारमा उजुरी [उजुरीसहित]
अराजक गतिविधि मौलाउन दिइन्न : प्रधानमन्त्री ओली
यो पनि पढौँ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
सृष्टि खड्का बनिन् मिस पोखरा