पोखरा । देशका केही स्थानमा आज मंगलबार बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखका अनुसार देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको छ।
अहिले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।
मंगलबार दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, राती कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश लगायत गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
This will close in 3 seconds
सम्बन्धित खबर
प्रधानमन्त्रीविरुद्ध रंगशालामा नाराबाजी गर्नेहरूलाई खाेज्दै प्रहरी
सरकारले महिला फुटबल खेलाडीलाई जनही ३ लाख पुरस्कार दिने
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६ औँ जन्मजयन्ती मनाइँदै
टिपर दुर्घटनामा परी २ भारतीय मजदुरको मृत्यु
माघमा १७ लाख किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप लगाइने
उपविजेता महिला फुटबल टिमलाई काठमाडौँ महानगरद्वारा नगदसहित सम्मान
यो पनि पढौँ
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
स्याङ्जा फेदीखोलामा पढाइ सकिएपछि जागिर
सृष्टि खड्का बनिन् मिस पोखरा
बदली र वर्षाको सम्भावना