स्याङ्जाको पुतलीबजार नगरपालिका -७ ठुलाडिहीमा आयोजित चौँथो ठुलाडिही कपको उपाधी पुतलीबजारले जितेको छ ।
ठुलाडिही रि-युनाईटेड क्लब ठुलाडिहीद्वारा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा पहिलो सेट गुमाएको पुतलीबजार नगरपालिका -७ ठुलाडिहीले तनहुँको शुक्लागण्डकी नगरपालिका -१२ लाई ३-१ को सेटमा १८-२५, २५-१८, २५-१५ र २५-११ अङ्कले पराजित गर्दै उपाधि जितेको हो।
उपाधि जितेसङ्गै पुतलीबजारले एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको हो। उपविजेता शुक्लागण्डकीले भने ट्रफी, मेडल र प्रमाणपत्रसहित ५० हजार रुपियाँमा चित्त बुझाएको हो।
ठुलाडिही खेलमैदानमा भएको उक्त प्रतियोगितामा पुतलीबजार न.पा. -१२ पेल्काचौरले पुतलीबजार न.पा. -५ पौवेगौंडेलाई ३-० को सोझो सेटमा पराजित गर्दै तृतीय भएको खेल संयोजक उत्तम थापाले जानकारी दिए ।
पेल्काचौरले पौवेगौंडेलाई २५-१३, २५-२०, र २५-२२ अङ्कले पराजीत गरेको हो। प्रतियोगितामा तृतीय भएको पेल्काचौरले २५ हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको हो ।
`हाम्रो गौरव, हाम्रो सान, हाम्रो ठुलाडिही´,`स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद´ भन्ने मूल नारालाई आत्मसात गर्दै कार्तिक ५ गतेदेखि ठुलाडिही बहुउद्देश्यीय खेलमैदानमा प्रतियोगिता शुरु भएको थियो ।
सम्बन्धित खबर
स्याङ्जामा करेन्ट सर्टबाट दुई ठाउँमा आगलागी
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
पुतलीबजारका करिब एक हजारलाई कुखुराका चल्ला वितरण
६२ वर्षपछि श्रेष्ठले पाए जग्गाको एक करोड रुपैयाँ मुआब्जा
लैङ्गिक हिंसा विरुद्धको कविता प्रतियोगितामा स्मारिका प्रथम
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की