कास्की एकदिवसीय क्रिकेटमा राइजिङ पोखरा च्याम्पियन

क्रिकेट

कास्की एकदिवसीय क्रिकेटमा राइजिङ पोखरा च्याम्पियन

risiging-winner

पोखरा । राइजिङ पोखरा क्रिकेट क्लब कास्की एकदिवसीय क्रिकेटमा च्याम्पियन भएको छ । ओपनर व्याट्सम्यान अनिल गुरुङले ११९ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै १०१ रनको शतकीय पारि खेल्दा टिमलाई च्याम्पियन बनाएका हुन् ।

राइजिङले उपाधिसहित नगद १० हजार साथमा ट्रफी तथा प्रमाणपत्र प्राप्त गरेको । कुल ४ खेल खेल्दै ९०.५ को औशतमा कुल १ सय ९१ रन बनाएका राइजिङ पोखराका अनिल गुरुङ उत्कृष्ट व्याट्म्यान भए । १४ विकेट लिएका पोखरा क्रिकेट क्लबका देव शाह उत्कृष्ट बलर हुँदै ट्रफी हात पारे ।

पोखरा क्रिकेट क्लबका केही महत्वपूर्ण सदस्य बाइ–बाई यू–१९ राष्ट्रिय क्रिकेटमा सहभागी हुन विराटनगर जाँदा ६ विकेटले पराजित हुँदै उपविजेतामा सीमित बन्न पुग्यो ।

राइजिङले दिएको २२५ रनको लक्ष्य पछ्याउने क्रममा बिमल विक्रम खत्रीले अर्धशतकीय पारि खेले । अमन सुवेदीको बलमा बोल्ड हुनुअघि बिक्रमले ६६ बलमा ६ चौका र ४ चौका प्रहार गर्दै ६९ रनको योगदान दिए ।

त्यस्तै, कृष्ण पौडेल नटआउट २७ रन जोडे । उनले १७ बलमा १ चौका ३ छक्का प्रहार गरे । ४१.२ ओभरमा ४ विकेट गुमाउँदै २२७ रन बनाउँदै उपाधि जितेको राइजिङका लागि निर्मल क्षेत्रीले १ चौका र १ छक्का प्रहार गर्दै १४ बलमा १६ रन बनाउँदै देव शाहको बलमा बोल्ड भए । देव शाहले नविन पोख्रेललाई व्यक्तिगत ५ रनमा आउट गरे भने १ रन बनाएका अश्विन अधिकारीलाई एलबिडव्लु धरापमा पारे ।

उता, टस हारेर पारिको सुरुवात गरेको पोखरा क्रिकेट क्लबले पूरै ५० ओभर खेल्दै ८ विकेटको क्षतिमा ३८ अतिरिक्त रनसहित २२४ रन बनायो । यू–१९ राष्ट्रिय टिमका सदस्य समेत रहेका सुभाष भण्डारीले पाँचौ विकेटका लागि १०५ बलमा ९ चौका र १ छक्काको मद्धतमा ८८ रनको नटआउट पारि खेले । मुस्कान थापाले ३१ बलमा ३२ रन बनाए ।

अर्जुन बुढाथोकी ११, रोशन पौडेल १३, मनिष भण्डारी ४, अनिष खड्का २, इशान श्रेष्ठ १८, देव शाह १०, विजय रावत ६ र अमन सुवेदीले नट आउट २ रन बनाए ।

पोखरा क्रिकेट क्लबका लागि देव शाहले १० ओभरमा ४६ रन दिएर ३ विकेट लिए भने १ विकेट अमन सुवेदीले आफ्नो नाममा लेखाए । सुभाष भण्डारी म्यान अफ दि सिरिज बने ।

गत १ कात्तिकदेखि सुरु प्रतियोगितामा ९ टिमले भाग लिएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ