सलाईबाट पटका बनाउँदा पोखराका अशिम घाइते, काठमाडौँ लगियो

सलाईबाट पटका बनाउँदा पोखराका अशिम घाइते, काठमाडौँ लगियो

salai

पोखरामा पटका बनाउने क्रममा एक्कासी पड्किएर एक किशोर घाइते भएका छन् ।

सोमबार दिउँसो साढे ३ बजे पोखरा महानगरपालिका वडा नं. २१ फुर्सेखोला रोइकरेमा उक्त दुर्घटना भएको हो ।

कास्की प्रहरीका अनुसार स्थानीय १७ वर्षीय अशिम परियारले आल्मुनियमको पातामा २० बट्टा सलाइको काँटी प्रयोग गरी पटाका बनाउनेक्रममा अचानक पड्किन पुगेको हो ।

घाइते परियारको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको गण्डकी मेडिकल कलेजमा उपचारपछि थप उपचारका लागि साढे ५ बजेतिर कीर्तिपुर अस्पताल, काठमाडौँ लगिएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा वडा प्रहरी कार्यालय बैदामको टोली पुगेर अनुसन्धान गरिएको कास्की प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ