गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । यस वर्षको भाइटीकाको साइत कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिका अनुसार पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने छ । नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार भोलि मंगलबारदेखि सुरू हुँदैछ । भोलि धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने पर्सि बुधबार परेको छ । कागतिहार पनि बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।
यस्तै, कात्तिक १५ गते बिहीबार कुकर तिहार परेको छ । त्यही दिन साँझ लक्ष्मीपूजा हुनेछ ।
शुक्रबार औंशी छ भने १७ गते गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ ।
सम्बन्धित खबर
भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा
पाथीभरामा एकै दिन पुगे पाँच हजार बढी भक्तजन
चोभारको आदिनाथ मन्दिरमा एक महिने मेला शुरु
दसैं बिदा आज सकियो, सरकारी कार्यालय खुले
दसैँको टीका र जमरा लगाउने क्रम आज पनि जारी
सुपा देउराली मन्दिर पुग्ने सडकको विस्तार
यो पनि पढौँ
मानुङकोट घुम्न गएका पोखराका १३ युवाको समूहमाथि खुकुरी आक्रमण र लुटपाट गर्ने ५ पक्राउ
आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते
दुई वटा हल्का विमान आपसमा ठोकिँदा ३ जनाको मृत्यु
काठमाडाैंदेखि पाेखरासम्म अर्जुनको दाैड