रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदको अनुरोध

रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन रास्वपा सांसदको अनुरोध

Rabi-lamichhane-2

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदले पार्टी सभापति रवि लामिछानेलाई थुनामुक्त गरेर अनुसन्धान प्रक्रिया अघि बढाउन अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा रास्वपाका सांसद डा. चन्दा कार्कीले रवि लामिछाने भागेर कतै नजाने भएकाले थुनामै राखेर राजनीतिक प्रतिशोध नसाँध्न गृहमन्त्री रमेश लेखकसँग आग्रह गरेका हुन् ।

लामिछानेले आफ्नो बयान र प्रमाण संसदीय समितिमा पेश गरिसकेको अवस्था रहेको र उनले प्रमाण नष्ट गर्ने सम्भावना पनि नरहेकाले थुनामा राख्न जरुरी नभएको कार्कीको भनाइ छ ।

१२ लाख मत ल्याएको र देशकै चौथो ठूलो दलको सभापतिलाई पक्राउ गरेर थुनामा राख्दा नागरिकको आन्दोलन हुनु स्वाभाविक भएको भन्दै उनले यसलाई न्यायालयलाई प्रभावित पार्ने कोशिशका रूपमा नलिन आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ