पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिले कै परिस्थितिमा नेकपा एमाले र माओवादी केन्द्रसँग एकता असम्भव रहेको बताएका छन् ।
समाजवादी प्रेस संगठन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने – ‘एमालेसँग त कल्पना पनि गरिएको छैन, माओवादी केन्द्रसँग पनि एकता बारे खासै छलफल भएको छैन, तत्कालका लागि मोर्चामार्फत नै अघि बढ्न सकिन्छ ।’
नेकपा एस पार्टी एकताभन्दा संगठन विस्तारमा लागि परेको उनको भनाइ छ । अध्यक्ष नेपालले पार्टीभित्र विवाद भएको हल्ला गरिए पनि त्यस्तो कुनै विवाद नभएको जिकिर गरे । उनले भने, ‘केही साथीका गुनासा हुन्, भर्खर महाधिवेशन सकिएको अवस्थामा यस्ता गुनासा आउनु कुन नौलो कुरा भयो र ?
अध्यक्ष नेपालले संविधान संशोधन गरेर प्रदेश र स्थानीय सरकारलाई काम दिन आवश्यक रहेको उनले बताए । संविधान संशोधनको कुरा गफ गरेर मात्र नहुने भन्दै उनले सरकारले अग्रसरता लिएर सबै दललाई एकै ठाउँमा राखेर छलफल गर्नुपर्नेमा जोड दिए ।
अध्यक्ष नेपाल शनिबार पोखरा आएका हुन् । आइतबार पार्टीको गण्डकी प्रदेश कमिटीको पूर्ण बैठकमा सहभागी भएका अध्यक्ष नेपालले आज कास्की कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दैछन् ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो