पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेग कोरला नाका अवलोकन भ्रमण गरेका छन् ।
प्रदेश अन्तर्गतका जिल्लाका महत्वपूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र अवलोकन भ्रमण गर्ने क्रममा मुस्ताङको कोरला नाकासम्म पुगी अवलोकन गरेका हुन् ।

गाउँपालिका महासंघ, गण्डकीका पदाधिकारीसँग कोरला नाकामा ।
प्रदेश प्रमुख भट्टले नेपाल–चीन सीमाना छुट्याउने २४ नम्बर पिलरबाट यताका नेपालका भुुभाग निरीक्षण गरे ।
त्यसअघि जोमसोममा मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले प्रदेश प्रमुख भट्टलाई कोरला नाका, त्यहाँ नेपाल तर्फका प्रगति विवरण तथा सडकको स्तरोन्नतिका बारेमा जानकारी गराएका थिए ।
प्रजिअ भुसालले चीनतर्फ भव्य भवन लगायतका आधुनिक संरचना बनिसकेको जानकारी पनि गराए ।

कोरला नाकामा स्थानीय व्यापारीसँग ।
तिब्बततर्फ भन्सार लगायतका कार्यालयका लागि भव्य भवन र सहरी योजना बनाइसकेकाले नेपालतर्फ पनि आवश्यक संरचना आवश्यक भइसकेको प्रजिअ भुसालले बताए । बेनी जोमसोम र जोमसोम कोरला सडक स्तरोन्नतिमा ढिलाई गर्न नहुने उनको भनाई थियो ।
धेरै पहिले नेपाल–तिब्बत व्यापारको महत्वपूर्ण नाका रहेकाले अब यसलाई सहज रुपमा खुलाउन सकेमा गण्डकी प्रदेशसँगै समग्र मुलुककै आर्थिक विकासमा टेवा पुग्ने लोमन्थाङ गाउँपालिकाका अध्यक्ष टसी न्हर्वु गुरुङले बताए ।
नेपाल–चीन जोड्ने अन्य नाकाहरू भन्दा कोरला नाका सुरक्षित र छोटो भएकाले यस नाकालाई नेपाल सरकारले तुरुन्त खोल्न सके व्यापार मात्र होइन, पर्यटन क्षेत्रलाई पनि फाइदा गर्ने उनको भनाई थियो ।

लोमन्थाङ गाउँपालिका र पर्वत मोदी गाउँपालिका अध्यक्षसँग ।
लोमन्थाङ गाउँपालिका वडा नं. २ अध्यक्ष कर्म नाम्ग्याल गुरुङले चीन तर्फका सबै संरचना बनिसकेकाले कोरला नाकालाई सहज रुपमा खुलाउन अब समस्या नरहेको भन्दै पहलका लागि प्रदेश प्रमुखको ध्यानाकर्षण गराए ।
लोमन्थाङलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने खाँचो उनले औंल्याए ।

लोमन्थाङ गाउँपालिका वडा नं. २ अध्यक्ष कर्म नाम्ग्याल गुरुङसँग गुफामा ।
कोरला नाका खुलाउँदा नेपालको आर्थिक वृद्धिमा सहयोग हुने मुस्ताङका स्थानीय जनप्रतिनिधि, राजनीतिकर्मी र पोखराका व्यवसायीको पनि विश्वास छ ।
कोरला नाका खुलाउन सके पोखरा आर्थिक केन्द्र बन्न सक्ने नेकपा एमाले लोमन्थाङ गाउँपालिका कमिटि अध्यक्ष लाक्पा वाङ्दी गुरुङले उल्लेख गरे । शालिग्राम उत्पत्ति भएको ठाउँ दामोदरकुण्ड पनि यहीँ रहेकाले मुक्तिनाथ हुँदै यस क्षेत्र धार्मिक पर्यटनको पनि केन्द्र बन्न सक्ने गुरुङले बताए ।
जिल्लाको पर्यटन विकासमा नेपाल सरकार र गण्डकी सरकारले विशेष ध्यान दिनुपर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रमेश गुरुङले बताए ।

मुक्ति क्षेत्रमा पैदल ।
गण्डकी प्रदेश प्रमुख भट्टले कोरला नाका यस प्रदेशकै महत्वपूर्ण सम्पति रहेकाले सहज रुपमा खोल्ने र आवश्यक संरचना तथा भन्सार सञ्चालनका लागि नेपाल सरकारको ध्यान रहने बताए ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारीसँग ।
उपल्लो मुस्ताङसम्मको अवलोकन भ्रमणका क्रममा प्रदेश प्रमुख भट्टले पर्वतका पुलहरू, बञ्जी स्थल, बागलुङ कालिका भगवती दर्शन, मुक्तिनाथ मन्दिरमा दर्शन, घमीको स्याऊ खेती, लोमन्थाङ गाउँ अवलोकन, नेचुङ नजिकैको पाँच तले शिजा झोङ गुफा र कोरला नाकाको नेपाल क्षेत्र अवलोकन भ्रमण गरेका थिए ।
कोरला नाकामा सयौं आन्तरिक पर्यटक देखिए । गाउँपालिका महासंघ, गण्डकीको बैठक जोमसोममा समापनपछि अध्यक्ष नवराज ओझा लगायतका पदाधिकारी, सदस्यको टोली पनि मुस्ताङ पुगेको थियो ।
थप तस्वीरहरूः

पर्वतमा आतिथ्यता सत्कारपछि सामूहिक तस्वीर ।

पर्वतका पुलहरू अवलोकनका क्रममा ।

पर्वत सहस्रधारामा ।

बागलुङ कालिका भगवती मन्दिरमा ।

बागलुङ कालिका भगवती मन्दिर दर्शनपछि ।

म्याग्दी गलेश्वर शिवालयमा ।

म्याग्दी गलेश्वर शिवालय दर्शनपछि सामूहिक तस्वीर ।

म्याग्दी गलेश्वर शिवालयमा प्रदेशसभा सदस्यहरूसँग ।

म्याग्दी तातोपानीमा ।

रूप्से झरना अवलोकन ।

रूप्से झरनामा ।

मुस्ताङमा स्वागत गरिँदै ।

जोमसोम विमानस्थलमा ।

मुक्ति क्षेत्रमा घोडाबाट सवार हुँदै ।

मुक्तिनाथ मन्दिर दर्शनपछि सामूहिक तस्वीर ।

वारागुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रमेश गुरुङबाट स्वागत गरिँदै ।

घमी स्थित स्याउबारीमा स्वागत गरिँदै ।

घमी स्थित स्याउबारीमा ।

लोमन्थाङमा स्वागत गरिँदै ।

लोमन्थाङमा स्वागत गरिँदै ।

लोमन्थाङ गाउँपालिका-२ अध्यक्ष कर्म नाम्ग्याल गुरुङ दम्पतीबाट स्वागत सम्मान ।

कोरला नाकामा ।
सम्बन्धित खबर
तनहुँको विमलनगर खण्ड आजदेखि एक महिना आंशिक बन्द हुने
निसीखोला गाउँपालिका क्षेत्रमा चार दिनदेखि विद्युत वितरण बन्द
गण्डकी प्रदेश प्रमुख भट्ट अस्वस्थ
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो