पोखरा । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सहकारीको रकम अपचलनमा दोषी देखिएका जो सुकैलाई पनि कारबाही हुने बताएका छन् ।
नेकपा एमाले कास्कीले आज पोखरामा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उनले एमालेकै नेता, कार्याकर्ता नै सहकारी ठगीमा दोषीदेखिए कारबाही हुने बताए । ‘ एमाले पार्टीकै नेता, कार्याकर्ता वा जोसुकनै भएपनि दोषी देखिए कानुनी कारबाही हुन्छ,’ उनले भने,‘ यो पार्टी, वा त्यो पार्टीका मान्छे भनेर कसैले छुट पाउँदैनन्, कारबाही भोग्नै पर्दछ ।’
वि लामिछाने यतिखेर कास्की हिरासतमा रहँदा उनले त्यता इंगित गर्दै भने, ‘विधिसम्मत्, प्रक्रियासम्मत् र कानुनसम्मत् ढंगले त्यसको छिनोफानो हुनुपर्छ । मान्दिनँ भनेर अघि बढ्यो भने हामीहरुलाई कुनै पनि हालतमा मञ्जुर छैन । स्वीकार्य छैन ।’

उनले कोही पनि व्यक्ति बेथिति, अनियमिता, भ्रष्टाचारमा संलग्न भए सजायको भागीदार हुनैपर्ने कुरा सम्बोधनक्रममा पटक–पटक दोहो¥याए । देशलाई अराजकतातर्फ धकेल्ने प्रयास भएकाले त्यो किःमार्थ स्वीकार्य नहुने बताए । उनले कानून मान्दिनँ भन्न पाइन्न भने ।
चुनावमा कांग्रेस र एमालेकै प्रतिष्पर्धा हुने भएपनि देशको आवश्यकता अनुसार अहिले सत्ता सहकार्य भएको उनले बताए । नेपालको राजनीतिक र सामाजिक परिवर्तनमा एमाले र नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका छ,’ उनले भने,‘ राष्ट्र संकटमा परेको वा राष्ट्रिय समस्या समाधान गर्न दुई पार्टीबीचको सहकार्य अपरिहार्य छ, अहिलेको परिस्थिति पनि त्यहीँ हो ।
’नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले गण्डकी इन्चार्ज किरण गुरुङ, स्थायी कमिटी सदस्य तथा गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, एमाले कास्कीका उपाध्यक्ष भेषराज बराल, सचिव दर्शन लामा, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले बोलेका थिए ।
नेपालीका चाडपर्व विजया दशमी, तिहार, नेपाल सम्वत, छठ, इद, तमु ल्होसार लगायतका अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । गत असोज ११ र १२ गतेको बाढी पहिरोले ठूलो धनजनको क्षति भएपछि सरकारले राष्ट्रिय शोक घोषणा गरेकाले असोज १७ गते घटस्थापनाको दिन गर्ने भनिएको कार्यक्रम स्थागित गरी आज गरिएको हो । नेपालीका चाडपर्वका अवसरमा प्रत्येक वर्ष नेकपा एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै आएको छ ।
सम्बन्धित खबर
नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो