विश्वकप लिग टूको अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा

विश्वकप लिग टूको अमेरिका सिरिजका लागि नेपाली टोली घोषणा

nepal won

काठमाडौँ । नेपाल, अमेरिका र स्कटल्याण्डबीच अमेरिकमा हुने आईसीसी विश्वकप लिग टु सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शनिबार रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टिममा रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, अनिल साह, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।

यसअघि अमेरिका विरुद्ध टी-२० सिरिज नखेलेका सन्दीप लामिछाने टिममा समावेश भएका छन् । सागर ढकाल र देव खनाल रिजर्भमा छन् । लिग टु मा नेपालले पहिलो खेल आइतबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ