डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार नाघ्यो

डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार नाघ्यो

dengue

काठमाडौँ, १० कार्तिक । देशका ७६ जिल्लामा फैलिएको डेङ्गी संक्रमितको सङ्ख्या २७ हजार जना नाघेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को तथ्याङ्क अनुसार देशभर गरी २७ हजार एक सय ५३ जनामा डेङ्गी पुष्टि भएको हो ।

डेङ्गीबाट ११ जनाको ज्यान गइसकेको छ । ७६ जिल्ला मध्ये सबैभन्दा धेरै कास्कीमा सात हजार ८० जना र काठमाण्डौमा चार हजार ६० जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा एक हजार ५७ र भक्तपुरमा छ सय २८ जना गरी काठमाडौँ उपत्यकामा पाँच हजार सात सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । यो विवरण जनवरी १ अर्थात् गएको पुष १६ गतेदेखिको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ