स्याङ्जाको गल्याङ नगरपालिका -३ बल्पुकमा ‘नेपाल – भारत विकास सहकार्य’ बाट निर्मित १५ सैयाको गल्याङ नगर अस्पतालको उद्घाटन भएको छ ।
भारत सरकारको ४ करोड १३ लाख रुपियाँ आर्थिक सहयोगमा निर्माण गरिएको नगर अस्पतालको शुक्रबार उद्घाटन गरिएको हो । नेपालस्थित भारतीय राजदुतावासका प्रथम सचिव अविनाश कुमार सिंह, जिल्ला समन्वय समिति स्याङ्जाका प्रमुख श्रीप्रसाद जिटि र गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सुविधा सम्पन्न अस्पताल भवनको संयुक्तरुपमा उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपालमा अप्ठ्यारो पर्दा सधैं भारत सरकारको सहयोग रहँदैआएको बताउँदै प्रथम सचिव सिंहले भारतमा गणतन्त्र दिवसका अवसरमा हरेक वर्ष भारत सरकारले नेपालमा स्कुल बस र एम्बुलेन्स प्रदान गर्दैआएको बताए ।
भारत सरकार र नेपाल सरकारबिच भएको सम्झौताअन्तर्गत यो परियोजनालाई ‘उच्च प्रभाव सामुदायिक विकास परियोजना’को रुपमा अघि बढाइएको थियो । यो परियोजनाको जिल्ला समन्वय समिति स्याङ्जामार्फत कार्यान्वयन गरिएको थियो ।
सन् २०१० मा नेपाल सरकारको स्वीकृतिमा स्थानीय जनताले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र स्वास्थ्यसम्बन्धी विभिन्न समस्या समाधान गर्ने उद्देश्यले एउटा सानो भाडाको घरमा गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना गरेका थिए ।
गल्याङ नगरपालिकाको आर्थिक सहयोग रहेको गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रलाई नगर अस्पतालको रुपमा परिणत गरिएको छ ।
बिरामीमैत्री र सुविधा सम्पन्न गराइएको अस्पतालले स्याङ्जा, पाल्पा, पर्वत र गुल्मी जिल्लाका बासिन्दालाई सेवा प्रवाह गर्दै आएको गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले बताए ।
सम्बन्धित खबर
फेदीखोला चैते दशैं मेला: पुरुष भलिबलको उपाधि मट्टीखानलाई
अर्जुनचौपारीमा कफी कृषकलाई नगद अनुदान
चैत्र पूर्णिमाको अवसरमा ऎतिहासिक काल्खु मेला हुने
स्याङ्जाका सीडीओ नेपालको सरुवा, ईश्वरीप्रसाद अर्याल आउने
जिल्ला खेलकुद विकास समिति स्याङ्जाको अध्यक्षमा रेग्मी दोहोरिए
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
यो पनि पढौँ
३५ मिनेट वान टु वान भेटपछि मोदीले नेपाली भाषामा र ओलीले हिन्दी भाषामा के लेखे ?
आँधीखोला गाउँपालिकामा शुक्रबार शोक बिदा
कास्कीमा हिमपहिरोमा हराइरहेका चिनियाँ नागरिकको शव फेला
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अर्बौं भ्रष्टाचार भएको संसदीय छानबिनको ठहर