सहकारी ठगीमा संलग्न अभियोगमा तनहुँका खनाल पक्राउ

सहकारी ठगीमा संलग्न अभियोगमा तनहुँका खनाल पक्राउ

pakrau

तनहुँ । सूर्यदर्शन सहकारीको रकम ठगीमा संलग्न अर्का एक जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज शुक्रबार काठमाडौँको पानीपोखरीबाट तनहुँको भानु नगरपालिका–८ का ४८ वर्षीय रामबहादुर खनाललाई पक्राउ गरेको हो ।

रास्वपा सभापति लामिछानेमाथि अनुसन्धान भइरहेका बेला खनाललाई अनुसन्धानका लागि पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल जीबी राई सञ्चालक रहेको गोरखा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ