बालविवाह गराएको अभियोगमा २ चिनियाँ नागरिकसहित ८ जना पक्राउ

बालविवाह गराएको अभियोगमा २ चिनियाँ नागरिकसहित ८ जना पक्राउ

sunsari

सुनसरी । सुनसरीमा चिनियाँ नागरिकसँग विवाह गराएको अभियोगमा ८ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार धनकुटाको छ थर जोरपाटी–२ की १६ वर्षीया एक किशोरी, ३३ वर्षीय चिनियाँ नागरिक लि टेङ, उदयपुर बेलका नगरपालिका–९ का ४३ वर्षीय दीपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका–१२ का २० वर्षीय शीतल गुरुङ, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ की २० वर्षीया रोशनीमाया तामाङ, चिनियाँ नागरिक ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरिएको हो ।

अभियुक्तहरूलाई बिहीबार सार्वजनिक गर्दै उनीहरू मानव तस्करीमा संलग्न रहेको आशङ्कामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

सुरुमा बालिकाको विवाह गराएको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

नेपालको संविधानले २० वर्षभन्दा कम उमेरका किशोरीको विवाह गराउन नपाइने व्यवस्था गरेको छ । यदि बालबालिकाको विवाह गराएको अवस्थामा विवाह गराउने अभिभावकहरुलाई ३ वर्षसम्म कैद सजाय दिने कानुनी व्यवस्था छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ