थालमा ढुंगा राखेर सहकारीपीडितको प्रदर्शन

थालमा ढुंगा राखेर सहकारीपीडितको प्रदर्शन

sahakari-pideet-cooperative-e1729821735759

पोखराका सहकारीपीडितले थालमा ढुंगा र चम्चा राखेर बिहीबार विरोध प्रदर्शन गरेका छन् । सहकारीमा राखेको रकम फिर्ता नपाएपछि खानका लागि ढुंगाबाहेक केही भएन भन्दै उनीहरूले बचत फिर्ताको माग गरेर मुस्ताङ चोकमा प्रदर्शन गरेका हुन् ।

सहकारी ठगी प्रकरणमा दोषीलाई कारबाही र आफूहरूको बचत फिर्ता हुनुपर्ने उनीहरूको माग छ । सूर्यदर्शन बचतपीडित संघर्ष तथा तदर्थ समिति र सहकारी बचतपीडित संघ कास्कीको आयोजनामा विरोध प्रदर्शन भएको हो । सहकारीको रकम ठगीसम्बन्धी कसुर अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई रिहा गर्न रास्वपाले सडक संघर्ष थालेपछि सहकारीपीडितहरू पनि आन्दोलनमा उत्रिएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ