आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते

आँधीखोलामा दुई मोटरसाइकल ठक्कर खाँदा एकजना घाइते

Bike pic acc

स्याङ्जाको आँधीखोला गाउँपालिका -४ सेपतमा बिहिवार दिउँसो दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजना घाइते भएका छन् ।

कार्कीनेटा – नागडाँडा भित्री सडक खण्डमा दुई मोटरसाइकल ठोकिंदा ४५ वर्षीय युवराज पौडेल घाइते भएका हुन् ।

प्रहरीका अनुसार नागडाँडा तर्फ आउँदै गरेको ग १२ प २२३२ नम्बरको मोटरसाईकल र विपरीत दिशाबाट जाँदै गरेको ग १४ प ९५६५ नम्बरको मोटरसाइकल एकापसमा ठोकिँदा ग १२ प २२३२ नम्बरको मोटरसाइकलमा सवार आँधीखोला गाउँपालिका -२ चिलाउनेबास निवासी पौडेल घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

थप उपचारका लागि घाइते पौडेललाई पोखरा स्थित गण्डकी मेडिकल कलेज पठाइएको निरीक्षक श्रेष्ठले बताए ।

प्रहरी निरीक्षक श्रेष्ठका अनुसार घाइते भएका पौडेलको हात र खुट्टामा चोट लागेको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

दुवै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ