फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु

फिलिपिन्समा आँधीबाट १४ जनाको मृत्यु

flood

काठमाडौँ । फिलिपिन्समा आँधीका कारण आएको बाढीबाट १४ जनाको मृत्यु भएको छ । हजारौँ विस्थाति भएका छन् ।

उद्धारकर्ताहरूले बुधबार बाढीमा फसेका बासिन्दाहरू समक्ष पुग्ने प्रयास गरेका थिए । मुसलधारे वर्षाले सडकहरू खोलामा परिणत भएका छन् भने पूरै गाउँहरू डुबानमा परेका छन् ।

उत्तरी फिलिपिन्समा बाढीले कम्तीमा ३२ हजार मानिस आफ्नो घर छोडेर भागेका प्रहरीले बताएको छ ।

राजधानी मनिलाबाट करिब चार सय किलोमिटर दक्षिणपूर्वमा रहेको बिकोल क्षेत्रमा अप्रत्याशित रूपमा उच्च बाढीले उद्धार कार्यलाई जटिल बनाइरहेको प्रहरीले जनाएको छ ।

विगत २४ घण्टामा यस क्षेत्रमा पाँच सय मिलिमिटरभन्दा बढी वा एक महिनाभन्दा बढीको वर्षा भइसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ