रात्रिबसको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु

 रात्रिबसको ठक्करबाट एकै परिवारका २ जनाको मृत्यु

accident

झापा । झापामा बसको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनका १० वर्षीया नातिनी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रहरीका अनुसार बुधबार बेलुका पूर्वपश्चिम राजमार्गको झापाको केरखामा खण्डमा काँकरभिट्टाबाट यात्रु लिएर काठमाडौं जाँदै गरेको प्र.१–०१–००१ख४३३१ नम्बरको रात्रिबसको ठक्करबाट उनीहरुको मृत्यु भएको हो।

उनीहरु इलेक्ट्रिक साइकलमा सवार थिए। दुर्घटनाको विरोधमा स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन्। ठक्कर दिने बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ