रवि लामिछानेको हिरासत बसाई लम्बिने सक्ने

रवि लामिछानेको हिरासत बसाई लम्बिने सक्ने

म्याद थप्न आज अदालत लगिने

Rabi-lamichhane-2

किर्ते, सहकारी ठगी र संगठित अपराधको अभियोगमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको हिरासत बसाई लम्बिने भएको छ ।

गत शुक्रबार पक्राउ परेका लामिछानेलाई हिरासतमा राख्न जिल्ला अदालत कास्कीले ६ दिनको म्याद दिएको थियो । गए राति १२ बजेदेखि उनको म्याद सकिएको छ ।

आज सरकारी वकिलले अनुसन्धान नसकिएको भन्दै थप म्याद दिनका लागि अदालतको अनुमति माग्ने छन् । माग वमोजिम अदालतले म्याद थपिदिने प्रचलन नै भएकाले म्याद थपिने प्राय निश्चित नै छ ।प्रहरीले बयान र अभियोगपत्र जिल्ला सरकारी वकिल कार्यालयलाई नबुझाएसम्म म्याद थपको प्रक्रिया चलिरहन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ