साफ महिला फुटबलमा आज नेपाल श्रीलङ्कासँग खेल्दै

साफ महिला फुटबलमा आज नेपाल श्रीलङ्कासँग खेल्दै

saaf women

काठमाडौं । काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ ।

समूह चरणको अन्तिम खेल त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे सुरु हुनेछ । यसअघि आजै दिउँसो साढे १ बजे माल्दिभ्स र भुटान पनि खेल्दैछन् ।

यसअघि अस्ति मङ्गलवार भएको खेलमा नेपालले माल्दिभ्सलाई ११–० गोलले पराजित गरेको थियो । नेपाल समूह ‘बी’ को शीर्ष स्थानमा छ ।

यसैबीच, पाँच पटकको विजेता भारतलाई पराजित गर्दै बङ्गलादेश साफ महिला च्याम्पियनशिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हिजो बेलुका भएको खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएर बङ्गलादेश समूह एको शीर्षमा रहँदै सेमिफाइनलमा पुगेको हो । हिजोको खेलमा पराजित भए पनि भारत समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको छ । पाकिस्तान भने समूह चरणबाटै बाहिरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds