पोखरा । तनहुँको पर्यटकीय स्थल मानुङकोट घुम्नका लागि गत शुक्रबार पोखराका १३ जना युवाहरु ७ वटा मोटरसाइकलमा सबेरै निस्किए । व्यास नगरपालिकाको बेलवासमा पुग्दा बिहान पौने ६ बजेको थियो । त्यसैबेला उनीहरु स्थानीय टोलेहरुको आक्रमणमा परे ।
तनहुँका केही स्थानमा बेरोजगार टोलेहरुको अपराधिक क्रियाकलाप अझै सकिएको छैन । पहिले पहिले गाउँगाउँका टोलेहरु ग्याङ फाइटमा उत्रिन्थे । अहिले कम हुँदै गएपनि प्रहरी प्रशासन लाचार बन्दा अझै पनि निमिट्यान्न पार्न सकेको अवस्था छैन ।
यद्यपी, ५ दिनसम्ममा घटनामा संलग्न ५ जना भने प्रहरीले समात्न सकेको छ । दिनेश रामदामसहित ५ जना पक्राउ परेका हुन् । अन्यलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन ।
पोखरेली १३ युवाहरुलाई घेराबन्दीमा पारेर मादक पद्धार्थ सेवन गरी बसेका बेलवासका टोलेहरुले खुकुरी, लाठी र हेल्मेटले प्रहार गरेका थिए । विपिन गुरुङसहित २ जना टाउकोमा चोट लाग्दा गम्भिर घाइते भए भने तीन जना सामान्य घाइते भए ।
आक्रमणमा परी घाइते हुनेमा पोखरा-१५ नयाँगाउँका २७ वर्षीय बिपिन गुरुङ, पोखरा-१६ दीपका ३२ वर्षीय रामेश्वर धिताल, स्याङजा वालिङ-८ घर भई हाल पोखरा-११ रानीपौवा बस्ने २९ वर्षीय युवराज गुरुङ, रानीपौवाकै २७ बर्षीय बिष्णु गुरुङ र पोखरा-१८ सराङकोटका २९ वर्षीय सिद्धार्थ डङ्गोल छन् ।
बिहानै रक्सी धोकेर बसेका बेलवासका टोलेहरुले पोखराका युवाहरुको मोबाइल, सिक्री, औँठीसहित नगद पनि लुटेको पोखराका युवाहरुले बताएका छन् ।
आक्रमण गर्ने विरुद्ध पीडितहरुले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएका छन् । सोहि अनुसार प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको तनहुँ प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो