पोखरा । काभ्रेपलान्चोकको पनौती नगरपालिकाको १० र ११ वडाको खोपासी, ख्याकुका बाढी पहिरोपिडित परिवारहरुलाई लायन्स क्लब अफ काठमाण्डौ अटो सोसियल फ्रेन्ड्सको समन्वय र सहयोगी महिला जागरण मन्च मैतिदेवीको सहयोगमा राहत वितरण सम्पन्न भयो ।
उक्त कार्यक्रममा सहयोगी संस्थाहरु लायन्स तथा लियो क्लब अफ काठमाण्डौ मखमली, लायन्स क्लब अफ काठमाण्डौ युनाईटेड सेन्टर, लायन्स क्लब अफ माउन्ट धौलागिरी, लायन्स क्लब अफ पोखरा सर्मपण, लायन्स क्लब अफ काठमाण्डौ बनस्थली लियो क्लब अफ काठमाण्डौ ड्रिमल्यान्ड, लायन विष्णु श्रेष्ठ, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा र अटो नेपाल, मासिक पत्रिकाको सहयोग रहेको थियो ।
हालैं आएको अबिरल बर्षाको कारण काभे्रपलान्चोक जिल्लाको पनौतीको १० र ११ वडा र बेथानचोक गाउँपालिकाको ११० परिवार भन्दा बढि पिडित आमा बुवा तथा स्थानीय बासीहरुलाई लायन्स क्लब अफ काठमाण्डौ अटो सोसियल फ्रेन्डका चार्टर पे्रसिडेन्ट तथा डिष्ट्रिक जेका रिजन चियरर्पसन रोशनकुमार श्रेष्ठ, अध्यक्ष बिकल श्रेष्ठ र सचिव कृष्टिना ताम्राकार लगायत विभिन्न क्लबको सदस्यहरुको उपस्थितिमा पनौती नगरपालिका ११ ख्याकुस्थित थुम्की रिसोर्टको समन्वयमा पहिरोपिडित परिवारहरुलाई त्रिपाल, बाल्टिन, जग, बाटा, म्याट, साबुन र न्यानो कपडाहरु बितरण गरिएको सहयोगी महिला जागरण मन्चकी अध्यक्ष राधा श्रेष्ठले बताए।
आगामी दिनहरुमा काभ्रेको अन्य स्थानहरुमा समेत राहत पुर्याउने विचार गरेको यस कार्यक्रमका संयोजक तथा रिजन चियरपर्सन, काभ्रे खोपासीका रोशनकुमार श्रेष्ठले जानकारी दिए।
सम्बन्धित खबर
लायन्स क्लबको सहयोग काभ्रेमा
प्रधानमन्त्री ओलीले आज सरकारका सय दिनको उपलब्धी सार्वजनिक गर्ने
उपराष्ट्रपति यादव अस्पताल भर्ना
आजको मौसम पूर्वानुमान
ज्योतिको गल्तीमा म दोषी भए रविको गल्तीमा निकितालाई कारबाही गर्न किन माग नगरेको?: धनराज गुरुङ
धनराजकी पूर्वपत्नीसहित मितेरीका आरोपीविरुद्ध रेड नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन