त्रिवी स्नातकको अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

त्रिवी स्नातकको अंग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र

TU Tribhuwan University

त्रिभुवन विश्वविद्यालयका आगामी वर्षदेखि वार्षिक परीक्षा प्रणालीअनुसार सबै संकायको स्नातक तहका प्रश्नपत्र अंग्रेजी र नेपाली दुवै भाषामा सोधिने भएको छ ।

त्रिविले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई उक्त निर्णयबारे सोमबार जानकारी गराउँदै लेखेको पत्रअनुसार यसअघिको मन्त्रालयको पत्रमा उल्लेख गरिएअनुसारको पहिलो चरणमा शिक्षाशास्त्र संकाय, मानविकी संकाय, व्यवस्थापन संकाय र कानुन संकायको स्नातक तहको परीक्षामा सोधिने प्रश्नहरू नेपाली र अंग्रेजी दुवै भाषामा सोध्ने प्रबन्ध मिलाइने व्यहोरासमेत जानकारी गराउँदछु भनिएको छ ।

शिक्षा मन्त्रालय स्रोतका अनुसार आगामी प्रथम वर्षको परीक्षादेखि अनिवार्य रूपमा लागु गरी क्रमशः दोस्रो, तेस्रो र चौथो वर्षमा समेत लागु गर्ने निर्णय त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको गत वर्ष १५ चैतको बैठकबाट निर्णय गरिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds