पोखरा । नेपाली सेनाबाट निवृत्त भई यूएईको सार्जा पोर्ट हाप म्याराथन दौड प्रतियोगितामा ह्याट्रिक पूरा गर्न सफल कास्की रुपा गाँउपालिकाका धावक अर्जुन गोदार काठमाण्डौंबाट पोखरातर्फ दौडिरहेका छन् ।
काठमाडौँको दशरथ रंगशालादेखि सुरु भएको उक्त दौड सोमबार पहिलो दिनमा मजिमटारसम्म करिब ८६ किलोमिटरको दुरी एकै दिनमा पार गरेकाछन् । करिब २ सय किलोमिटरको दौड उनले तीन दिन भित्र पूरा गर्ने लक्ष्य सहित दौड सुरु गरेका हुन् । मंगलबार दमौली नजिक पुग्ने लक्ष्य सहित बिहानैदेखि पुनः दौडिइरहेको उनका सहयोगी विकास खड्काले बताए ।
काठमाडौँको दशरथ रंगशालाबाट सुरु गरी उक्त दौड ३ दिनको दौरानमा पोखरा रंगशालामा आएर समापन गर्ने गोदारको लक्ष्य रहेको छ । दैनिक ७० किलोमिटर दौड पूरा गर्ने उनको योजना रहेको छ । उनलाई मोटरसाइकल राइडर सहितको एक टोलीले आवश्यक मेडिकल सहितको सुविधा समेत उपलब्ध गराइएको छ । आफ्नो व्यक्तिगत खर्चमा उक्त दौड पूरा गर्ने उनको लक्ष्य रहेको छ ।
कास्की रूपा गाउँपालिका १ फल्याङकोट निवासी ४४ वर्षीय गोदार नेपालको निकै चर्चित रुटमा पर्ने काठमाडौँदेखि पोखरासम्मको क्षेत्रमा सडक दुर्घटना बढी भएर धेरैको जनधनको क्षेती भएकोले शान्तिको कामना सहित स्वास्थ्यको लागि खेलकुद भन्ने नाराका साथ उक्त दौड पूरा गर्ने अठोट गर्नु भएको बताउँछन् ।
नेपाली सेनाको हवल्दार पदबाट निवृत भएका गोदार विगत ११ बर्ष देखि युएईको सार्जा पोर्टमा काम गर्दै आएका छन् भने हाल केही दिनको बिदामा नेपाल आएको सन्र्दभमा उक्त दौडमा पुरा गर्ने अभियामना जुटेका हुन् । उनले हप्तामा कम्तिमा १ सय ५० किलोमिटर दौडदै आएका थिए । केही समय अघिदेखि काठमाडौँ पोखरा रूटमा दौडेर पार गर्ने लक्ष्य लिनुएका गोदारले मौसम र प्राविधिक कारणले गर्दा बल्ल समय उपयुक्त भएको बताए ।
पोखरा म्याराथनमा सहभागी हुने लक्ष्य लिएका गोदारले केही समय अगाडि पोखरामा आयोजना भएको क्रस कन्ट्री पर्वतीय दौड प्रतियोगितामा समेत सहभागी भएका थिए । आफ्नो एकल दौड भएकोले गर्दा मेडिकल सहित स्वयम सेवकहरु गरी ६ जना आफ्नो दौडको अभियानमा जुट्ने उनले बताए ।
सम्बन्धित खबर
हिसान गण्डकी फुटसलको उपाधि गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई
जुनियर खुल्ला राष्ट्रिय जुडो प्रतियोगिता– २०८१ फागुन ९ र १० मा हुने
घान्द्रुक किम्चेलाई पराजित गर्दै ठकुरी समाजले जित्यो सिधिङ भलिबलको उपाधि
हिसान फुटसलमा सगरमाथा, कास्की मोडनाइज, गुरुकुल र अरनिको सेमिफाइन प्रबेश
पूर्वेली एफसीलाई भिमप्रसाद स्मृति मुस्ताङ कपको उपाधि
हिसान गण्डकी फुटसल प्रतियोगिता सुरु, कास्की च्याम्पियन गुरुकुलको विजयी सुरुवात
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो