पानीले धान भिज्यो, उत्पादन घट्ने

पानीले धान भिज्यो, उत्पादन घट्ने

dhaan

नवलपुरका विभिन्न स्थानमा ३ दिनदेखि लगातार छोटोछोटो ठूलो झरी भइरहेको छ । काटेर राखेको धान लगातारको झरीले खेतमै भिजेपछि किसान चिन्तित भएका छन् ।

कृषि ज्ञान केन्द्र नवलपुरका कार्यालय प्रमुख कुलप्रसाद तिवारीले पानीले कति क्षति भयो भन्ने विषयमा भने तथ्यांक आइसकेको छैन । उनले भने, ‘कही कतैबाट धान भिज्यो भनेर किसानले खबर गरेको छैन । पालिकाहरुले पनि खबर गरेको छैन । हामी दौडेर तथ्यांक संकलन गर्न सकिने अवस्था पनि छैन ।’

तिवारीले यो पानीले नवलपुरमा १० देखि २० प्रतिशतसम्म धान उत्पादन घट्ने बताए । उनका अनुसार काटेर सुकाएको धान तथा पाकेर काट्न ठिक्क परेका दुवै धानलाई पानीले असर गरेको छ ।

भिजेको धानलाई तत्काल झाँटेर सुकाउन सके धान कुहिन र उम्रिनबाट बचाउन सकिने तिवारीले बताए । त्यसैगरी भिजेको धानलाई तत्काल मिलमा लगेर कुटाए धान बिग्रनबाट जोगिन उनले किसानलाई सुझाव दिएका छन् ।

खेतमा धान त्यतिकै राखे वा तत्काल नझाँटे धान उम्रन सक्ने उनले बताए । बोटमै पाकेको धान पनि ३ दिन लगातार पानीले भिजे पछि बोटकै पनि उम्रन सक्ने उनले बताए ।

तिवारीले भने, ‘हाइ टेम्प्रेचर छ । पानीले भिज्ने र घाम पर्ने भर्ईरहने धान खेतमै राखिराखे बाटमै उम्रन्छ त्यसैले जस्तो छ । त्यस्तो अवस्थामा स्याहारेर मिलमा कुटाइहाल्नु उपयुक्त हुन्छ ।’

किसानले वर्ष भरी खान पुग्ने गरी गरेको धान खेती स्याहार्ने बेलामा पानीले भिजेपछि किसान चिन्तित बनेका छन् । गत वर्ष पनि नवलपुरमा धान स्याहार्ने बेलामा पानी परेर किसानलाई क्षति पुर्‍याएको थियो ।

नवलपुरमा १८ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ । गत ११ र १२ असोजमा आएको पानीले पनि धानमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ