स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयले जलाए बस

स्कूल बसको ठक्करबाट एक बालिकाको मृत्यु, स्थानीयले जलाए बस

bus

धनुषा । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल रहेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिकालाई ठक्कर दिएको हो । गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा करिब ११ बजे मृत्यु भएको हो।

यता, बसले बालिकालाई ठक्कर दिएपछि आक्रोशित स्थानीयले बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेरको प्रहरीले जनाएको छ।

उक्त स्थानमा अहिले अवस्था सामान्य रहेको र बसका चालक फरार भएकाले प्रहरी खोजतलाश गरिरहेको बताइएको छ।

यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ