रास्वपाले आज पनि पोखरामा विरोध प्रर्दशन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रर्दशन गर्ने

Rabi-lamichhane-ko-protest

पोखरा । पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेयता पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दैनिक विरोध प्रदर्शन गरिरहेको छ । यस क्रममा झडपसमेत भइरहेका छन् ।

यसैबीच रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले मंगलबार दिउँसो १ः३० बजे पोखराको जिरो किमिमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने जानकारी दिए ।

शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ