छविलाई बुटवल लगियो, रविसँग सोधपुछ सुरू

छविलाई बुटवल लगियो, रविसँग सोधपुछ सुरू

rabi chhabi

पोखरा । सहकारी ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडिआइजी छबिलाल जोशीलाई बयानका लागि रुपन्देही लगिएको छ । जोशी रवि लामिछानेका व्यावसायिक साझेदार हुन् । गोर्खा मिडिया प्रालिमा उनीहरुको लगानी थियो ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका जोशीलाई सोमबार रुपन्देही लगिएको हो । बुटवलमा बयान सकिएपछि फेरि उनलाई पोखरा नै ल्याइने छ । बुटवलको सुप्रिम सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोप उनीमाथि छन् ।

सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि पक्राउ परेका रास्वपका सभापति रवि लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयले सोधपुछ थालेको छ । मुद्दाको प्रक्रियाका लागि कागजात जुटाउने सिलसिलामा सोमबार सोधपुछ गरिए पनि बयान भने लिइ नसकिएको बताइन्छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रवि र छवि पक्राउ परेका हुन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको संसदीय छानबिन समितिले जोशीसहितका व्यक्तिलाई सहकारी ठगी प्रकरणमा कारबाही गर्न सिफारिस गरेको थियो । ३१ भदौमा बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय भएसँगै ६ असोजमा जोशी काठमाडौंको शंखमुलबाट पक्राउ गरेका थिए । उनलाई सोही दिन जहाजबाट पोखरा ल्याइएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ