पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ८, ल्वाङमा १९ फिट अग्लो बुद्ध मूर्ति र बुद्ध पार्क स्थापना गरिएको छ ।
पोखरा १, सिम्पानी निवासी बलबहादुर र देवसुवा गुरुङ दम्पतीले आफन्तको स्मृतिमा उक्त मूर्ति स्थापना गरेका हुन् । ल्वाङ गाउँबाट चियाबगान जाने उकालोमा उक्त मूर्ती स्थापना गरिएको स्थानीय भरत गुरुङले जानकारी दिए ।
बाजे धर्मराज गुरुङ, बज्यै माया गुरुङ, बुवा दिलबहादुर र आमा तुलसी गुरुङको स्मृतिमा उक्त मूर्ति स्थापना गरिएको हो । गुरुङ दम्पतीले निर्माणमा ३० लाख २४ हजार सहयोग गरेका हुन् ।
शुक्रबार उक्त मूर्तिको गुरुङ दम्पतीले नै अनावरण गरे । त्यस क्रममा लामा धर्मगुरु खेम्पो कुङ्गा ढुन्दुक र लामा टाशी वान्गेलको नेतृत्वमा पूजाआजा गरिएको थियो । कार्यक्रममा ल्वाङवासी तथा पोखरा, काठमाडौं र विदेशबाट आएका शुभेच्छुक र चन्दादाताको उपस्थिति थियो ।
यसबाट ल्वाङमा अर्को पर्यटकीय गन्तव्य थपिएको उनले बताए । ‘ल्वाङ गाउँमा आउने पर्यटकहरु एकपटक चियाबगान हेर्नका लागि पुगिहाल्छन्,’ उनले भने, ‘यो मूर्ति बगान जाने बाटोमै बनाइएको छ । जसले गर्दा उकालोको थकान मेटाउन यसले सघाउनेछ ।’
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो