सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान

silver-gold

पोखरा । नेपाली बजारमा आज सोमबार पनि सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको छ।

आज छापावाल सुन प्रतितोला १ लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यसअघि आइतबार प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर प्रतितोला २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

सुनचाँदीको आजको मूल्य हालसम्मकै उच्च हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ