लमजुङका भेषबहादुर पौडेल गण्डकीको वनमन्त्री बन्दै, साढे ४ बजे शपथ

गण्डकी सरकार पूर्ण:

लमजुङका भेषबहादुर पौडेल गण्डकीको वनमन्त्री बन्दै, साढे ४ बजे शपथ

उक्त मन्त्रालय मनाङेले छाडेका थिए

bhesh paudel

पोखरा । गण्डकी सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सरकार विस्तार गरेका छन् ।

राजीव गुरुङ उर्फ दिपक मनाङेले छाडेको वन तथा वातावरण मन्त्रालयमा लमजुङका भेषबहादुर पौडेललाई नियुक्त गरिँदैछ ।

भौतिक पूर्वाधार मन्त्रालयबाट मनाङेलाई वन मन्त्रालयको जिम्मेवारीमा सारेपछि उनले तत्कालै राजीनामा दिएका थिए । त्यसपछि उक्त मन्त्रालय खाली रहेको थियो ।

शपथका लागि प्रदेश प्रमुखसमक्ष साढे ४ बजेको समय लिइएको छ । समय लिनका लागि मुख्यमन्त्री पाण्डे प्रदेश प्रमुख निवास पुगेका थिए ।

पौडेल लमजुङ कांग्रेसका निवर्तमान सभापति हुन् । उनी प्रदेशसभा ‘ख’ बाट निर्वाचित भएका थिए । प्रदेशसभा ‘क’ बाट विजयी डा. टकराज गुरुङ अर्थमन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ