रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

रास्वपाले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने

Rabi-Lamichhane_Protest

पोखरा । पार्टी सभापति रवि लामिछाने पक्राउको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टीले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको छ । राजनीतिक प्रतिशोधविरुद्धको भनिएको ऐक्यबद्धताका लागि दिउँसो १२ बजेपछि पोखराको पृथ्वीचोकमा प्रदर्शन गर्न लागेको हो ।

रास्वपाले नेता कार्यकर्तालाई विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर शनिबार बिहान पोखरा ल्याइएको थियो । शनिबारदेखि नै रास्वपाले विरोध प्रदर्शन गरिरहेको छ ।

शनिबार चिप्लेढुंगास्थित मानवअधिकार चोकमा प्रदर्शन गरेकोमा आइतबार जिल्ला प्रशासन कार्यालय अगाडी सहिदचोकमा उनीहरूले विरोध प्रदर्शन गरेका थिए ।

जिल्ला प्रशासन कार्यालयले शहिदचोक आसपास र जिल्ला प्रहरी कार्यालय गैरापाटन आसपास निषेधाज्ञा जारी गरेको छ । आइतबार रास्वपाका समर्थकले निषेधाज्ञा तोडेर सहिदचोकमा प्रदर्शन गरेका थिए ।

आइतबार जिल्ला अदालत कास्कीमा पेश गरिएकोमा रविलाई पक्राउ परेको दिनबाट ६ दिनसम्म हिरासतमा राखेर म्याद थप्न प्रहरीले अनुमति पाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ