स्याङ्जाको चापाकोट नगरपालिकामा शनिबार दिउँसो घरको सामान ओसारपसार गर्ने क्रममा भएको बम विष्फोटमा घाइते पूर्वसैनिक गोविन्द पुरी पक्राउ परेका छन् ।
स्थलगत अनुसन्धानका लागि गएको नेपाली सेनासहितको प्रहरी टोलीले पुरीको घरमा बम बनाउने सामाग्री सहित गोलि फेला पारेकोले उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलले जानकारी दिए ।
घटनास्थलमा पुगिसकेपछी प्रहरीले ९०० ग्राम High Explosive PEK, १.५ मिटरका दुई थान डेटकड, ७.६२ mm को एक थान जङ्गी राउन्ड र दुई थान गोलिका खोका लगायतका सामाग्री बरामद भएकोले पुरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाइएको डिएसपी पौडेलले बताए ।
दुई वर्ष अगाडि अवकाशप्राप्त चापाकोट -४ मल्याङ्कोट पुरीगाउँका पूर्व नेपाली सैनिक ४५ वर्षीय गोविन्द पुरी शनिबार दिउँसो बम विष्फोट हुँदा बमको छर्रा लाग्दा घाइते भएका थिए ।
घाइते पुरी पाल्पा स्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार पश्चात् घर फर्किसकेका थिए । बम विष्फोट हुँदा घाइते पुरीको कच्ची घरमा समेत क्षति पुगेको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
सामूहिक आलुखेतीमा जुट्दै स्याङ्जाका किसान
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो