पोखरा । सहकारी ठगी अभियोगमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई आज कास्की प्रहरीले अदालतमा पेश गर्दैछ ।
हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीले अदालतबाट अनुमति लिनै पर्ने कानुन अनुसार आजै दिउँसो जिल्ला अदालत कास्कीमा लामिछानेलाई उपस्थित गराइँदैछ ।
लामिछानेलाई म्याद थपका लागि जिल्ला अदालत कास्की लैजाने तयारी भइरहँदा उनका समर्थकको प्रदर्शन उग्र बनिरहेको छ ।
रवि लामिछानेका समर्थकहरुको सम्भावित प्रदर्शन ख्याल गर्दै जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको अवस्था छ ।जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय वरिपरिको ४ किलोमिटर क्षेत्रमा प्रदर्शन नपाइने गरी प्रशासनले निषेधित क्षेत्र घोषणा गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्की गैरापाटन पोखरा क्षेत्रलाई पनि निषेधित क्षेत्र घोषणा गरिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला जम्मा भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ। उक्त अवधिमा यस आदेशको उल्लंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जो सुकै उपर प्रचलित कानून बमोजिम कारवाही हुने बताएपनि रविका पार्टी रास्वपाका केन्द्रीय नेताहरू र समर्थकहरूले भने प्रशासनलाई अटेर गरेका छन् ।
यतिबेला जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिदचोकमा निषेधित क्षेत्र घेरा तोडेर रास्वपकाका कार्यकर्ताहरु नाराबाजीमा उत्रेका छन् । ठूलो मात्रामा सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ गरिएको छ । धकेलाधकेलको अवस्था बनेपछि पानीको फोहरा हानेर धपाइने प्रयास गरेकामा नटेरेपछि अश्रुग्याँससमेत हानिएको छ।
यद्यपी, प्रहरी संयमित छ । लाठी चार्ज गरिएको छैन । केही दर्जनमात्र प्रदर्शनकारी बाँकी छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीले शनिबार बिहान सर्वदलीय बैठक डाकेर प्रदर्शनका बेला संयमित हुन र भीडभाड नगरिदिन आग्रह गरेका थिए । प्रजिअ भरतमणी पाण्डेले सहकारी पीडितसँग पनि छुट्टै बैठक गरेका थिए ।
शनिबार पनि दिनभर रास्वपाका नेता तथा कार्यकर्ताले दिनभरजसो पोखरामा प्रदर्शन गरे । सबैजसो नेताहरु पोखरा आइपुगेका छन् । सहकारी पीडितले समेत पोखरामा शनिबार प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको मुख्य आरोप लामिछानेमाथि छ । रवि लामिछानेको नामै किटान गरेर सहकारी पीडितले २०८० माघ २२ मा जिल्ला प्रहरी कार्यालय कास्कीमा पूरक जाहेरी दिएका थिए । उनीहरूकै जाहेरीका आधारमा पूरक अनुसन्धान भएर लामिछानेको समेत संलग्नता देखिएको छ ।
संसदीय छानबिन समितिले गोर्खा मिडियामा विभिन्न सहकारीका ६५ करोड रकम गोर्खा मिडिया प्रालिमा गएको र त्यसको रकम खर्च गर्दा गोर्खा मिडियाका तत्कालीन कार्यकारी निर्देशन लामिछानेको संलग्नता देखिएको छ । गोर्खा मिडिया प्रालिका सञ्चालक छविलाल जोशी असोज ६ गते पक्राउ परी कास्की प्रहरीकै हिरासतमा छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो