पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा धेरै भेला हुन नपाइने

पोखरामा निषेधाज्ञा जारी, ५ जनाभन्दा धेरै भेला हुन नपाइने

Rabi-lamichhane-ko-protest

पोखरा । पोखरामा निषेधाज्ञा जारी गरिएको छ। कास्की जिल्ला प्रशासन कार्यालयले आइतबार बिहान ११ः ४५ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पोखरा महानगरको शहिद गेट आसपासको क्षेत्र र गैह्रापाटन आसपासको क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो ।

शहीद चोक आसपास क्षेत्रमा पूर्वतर्फ वाई चोक, पश्चिमतर्फ फिस्टेल चोक, उत्तरतर्फ मालपोत कार्यालय र दक्षिणतर्फ मुस्ताङ चोकसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । यस्तै गैह्रापाटन आसपासका क्षेत्रमा पालिखेचोकदेखि नविल माविसम्मको सडक क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । यी क्षेत्रमा ५ जना भन्दा बढी व्यक्त भेला भएर अनसन, धर्ना, घेराउ, जुलुस प्रदर्शन तथा सभा गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालयको सूचनामा उल्लेख गरिएको छ।

रवि लामिछानेलाई पक्राउ गरेर पोखरा लागेपछि रास्वपाका नेता कार्यकर्ताले पोखरा केन्द्रित प्रदर्शन सुरु गरिरहेका छन् भने सहकारी पीडितहरूले पनि पोखरामा प्रदर्शन गर्न सुरु गरेपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ