पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन

पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन

basant-misra

काठमाडौँ । पर्यटन व्यवसायी बसन्त मिश्रको निधन भएको छ।

उपचारका क्रममा उनको ७१ वर्षको उमेरमा आज (आइतबार) बिहान निधन भएको हो। केही दिनअघि डेंगु संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएका व्यवसायी मिश्रको उपचारकै क्रममा निधन भएको पारवारिक स्रोतले जानकारी दिएको छ।

उनको शवलाई अस्पतालबाट कुपन्डोलस्थित निवासमा लगिएको मिश्रका आफन्तले जनाएका छन्। उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ।

मिश्र नेपालको एक प्रमुख पर्यटन व्यवसायी हुन् । टेम्पल टाइगर ग्रुप अफ कम्पनीका अध्यक्ष मिश्र सन् १९७० को दशकदेखि नै यो क्षेत्रमा सक्रिय रहदै आएका थिए । मिश्र नेपाल पर्यटन बोर्डका संस्थापक मध्येका एक हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ